आफ्नै साथीको हत्यामा संलग्‍न फरार अभियुक्त २ वर्षपछि पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — आफ्नै साथीको हत्यामा संलग्न एक फरार अभियुक्तलाई प्रहरीले २ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर गढी गाउँपालिका–१ फूलबारीका २४ वर्षीय जय सिंगार छन् ।


उदयपुर कटारी नगरपालिका–२ घर भई ललितपुर बालकुमारी बसेर मूर्तिको काम गर्ने ३३ वर्षीय हरी खड्काको २०७६ साउन २५ गते हत्या भएको थियो । उनको शव २०७६ साउन २८ गते ललितपुर महानगर–१ गुहेपोखरीमा फेला परेको थियो ।

खड्कालाई मकवानपुर गढी गाउँपालिका–१ घर भई ललितपुर महानगरपालिका–९ बस्ने कुमार थिङ भन्ने मानकुमार थिङसहितका व्यक्तिहरुले कुटपिट गरेर हत्या गरी फरार भएको घटनामा संलग्न ५ जना अभियुक्तहरुलाई पक्राउ गरिसकेको छ ।

उक्त घटनाको अनुसन्धानका त्रममा महानगरीय अपराध महाशाखाले बुधबार सिंगारलाई ललितपुर च्यासलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाएको महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले बताए ।

प्रकाशित : कार्तिक १०, २०७८ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?