काठमाडौंबाट गैंडाको खागसहित २ पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगर–९ गैरीगाउँबाट ९ सय ७० ग्राम तौल भएको संरक्षित वन्यजन्तु गैंडाको खाग १ थानसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोलुखुम्बु दुधकोसी गाउँपालिका–६ घरभई स्वयम्भू बस्ने १९ वर्षीय तिलकबहादुर बस्नेत र बागलुङ तमानखोला गाउँपालिका–१ घरभई तार्केश्वर लोकतान्त्रिक चोक बस्ने २८ वर्षीय दिपक गोतामे रहेका छन् ।

काठमाडौंबाट गैंडाको खागसहित २ पक्राउ

उनीहरुलाई महानगरीय अपराध महाशाखाले शुक्रबार पक्राउ गरेको हो । संरक्षित वन्यजन्तु गैंडाको खाग अवैध रुपमा बिक्री भइरहेको भन्ने सूचनाको आधारमा महाशाखाले पक्राउ गरेको जनाएको छ । उनीहरुलाई कारबाहीका लागि वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको ब्यूरोले जनाएको छ ।

प्रकाशित : कार्तिक ७, २०७८ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?