२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

ललितपुर मुद्रण संघमा नयाँ नेतृत्व

कान्तिपुर संवाददाता

काठमाडौँ — ललिपुर मुद्रण उद्योग संघको अध्यक्षमा राजकुमार घिमिरे निर्वाचित भएका छन् । भैंसेपाटीमा शनिबार भएको अधिवेशनले २ वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो । १३ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा हरिप्रसाद अधिकारी र विष्णुहरि महर्जन निर्वाचित भएका छन् ।

ललितपुर मुद्रण संघमा नयाँ नेतृत्व

त्यस्तै, सचिवमा दशनारायण महर्जन, सहसचिवमा अतुल पाण्डे, कोषाध्यक्षमा निराजन शाक्य चयन भएका छन् । पारस कायस्थ, रामशंकर श्रेष्ठ, विष्णुप्रसाद अधिकारी, दिपक श्रेष्ठ, सत्यराम महर्जन, सरोज पोखरेल र सुनिल शाही सदस्य निर्वाचित भएका छन् ।

नयाँ कार्यसमितिले जिल्लाको मुद्रण व्यवसायमा पछिल्लो समय देखिएको अस्वस्थ प्रतिस्पर्धा अन्त्य गर्ने नवनिर्वाचित उपाध्यक्ष तथा पेपर म्याक्स पिन्टिङ एण्ड प्याकेजिङ प्रालिका प्रबन्ध निर्देशक अधिकारीले बताए ।

प्रकाशित : कार्तिक ६, २०७८ २१:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?