१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी भक्तपुर सूर्यविनायक नगरपालिका-८ सिपाडोल बस्ने महोत्तरी भगाहा गाउँपालिका-३ स्थायी वतन भएका ४५ वर्षीय रामनाथ सिंहलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

उच्च अदालत पाटनको २०७७ माघ २० गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ४ दिन कैद र ११ लाख रूपैयाँ जरिवाना भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं कमलपोखरीबाट पक्राउ गरेको हो ।

सिंहले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी पीडितलाई झुक्यानमा पारी प्रभु बैंक, शाखा कार्यालय भक्तपुरको चेक काटी दिएकोमा बैंकिङ कसुरजन्य अपराध ठहर भई उच्च अदालत पाटनबाट उक्त फैसला भएको हो । उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको ब्युरोले जनाएको छ ।

प्रकाशित : कार्तिक ४, २०७८ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?