३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ 

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिकृत पदमा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा मंगलबार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने झापा सुरुङ्गा कनकाई नगरपालिका-३ घर भएका ३५ वर्षीय निलम भट्टराई रहेको प्रहरीले जनाएको छ ।

जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ 

भट्टराईले आफू चलचित्र क्षेत्र तथा राष्ट्रिय अनुसन्धान विभागको उच्च अधिकारी र नेपाल टेलिभिजन पत्रकारसमेत भएकोले आफ्नो पहुँच गृह मन्त्रालयका उच्च अधिकारीहरूसँग रहेको र राष्ट्रिय अनुसन्धान विभागको अधिकृत पदमा जागिर लगाइदिन सक्छु भन्दै ठगी गरेको प्रहरीले जनाएको छ ।

जागिर खाने भए मन्त्रालयको विभिन्न अधिकारीहरूलाई १५ लाख रुपैयाँ रकम बुझाउनुपर्ने भनी पटक-पटक गरी १४ लाख ५० हजार रुपैयाँ लिइसकेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

पीडितलाई काठमाडौं बोलाएपछि भट्टराई सम्पर्कविहीन भएको जाहेरीको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले खोजतलास गर्ने क्रममा सुर्खेत वीरेन्द्रनगर नगरपालिका-६ सुर्खेत बसपार्कबाट उनलाई पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको महाशाखाले जनाएको छ ।

प्रकाशित : कार्तिक ३, २०७८ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?