१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४
फोटोफिचर

चंगा चैटमा रमाउँदै कलाकार [तस्बिरहरु]

कान्तिपुर संवाददाता

काठमाडौँ — हरेक वर्ष दसैंको छेको पारेर रेडियो कान्तिपुरले आयोजना गर्ने चंगा चैट कार्यक्रम पुन: सुरु भएको छ । गत वर्ष कोरोना संक्रमणका कारण रोकिएको रेडियो कान्तिपुरको चंगा चैट कार्यक्रमलाई यस वर्षदेखि निरन्तरता दिइएको हो ।

चंगा चैटमा रमाउँदै कलाकार [तस्बिरहरु]

राजधानीभित्र हुने चंग चैट कार्यत्रमहरुमध्ये रेडियो कान्तिपुरले गर्ने यो कार्यक्रम कलाकारहरुमाझ लोकप्रिय छ ।

सोमबार बिहान १२:३० देखि ३ बजेसम्म रेडियो परिसरमै चलेको कार्यक्रममा कलाकारहरु राजु सिंह, पवित्रा गुरुङ, शिव परियार, सुरज कुमार थापा, सुगम पोखरेल, बनिका प्रधान, लोचन रिजाल, निशा देसार, कमल खत्री, दीलिप लामा, निर्णय एनएसके, हरिदत्त फुलारा, अजर जंगम, दिपकराज गिरि, दिपाश्री निरौला, कपिल कसपाल श्रेष्ठ, तुलक्षी पराजुली, मेलिना मैनाली लगायत उपस्थित थिए ।

उनीहरुले रेडियो कान्तिपुरका आरजेहरु स्मीता राणा, भुपेन्द्र खड्का, कमला पन्थी, महेश लिम्बू, निशान्त कटवाल, प्रियंका प्रसाई, राजेश पाण्डे, संजोक बस्याल लगायतसँग आफ्नो कोरोना संक्रमणको अनुभव सुनाउँदै प्रस्तुती पनि दिए ।


प्रकाशित : आश्विन २६, २०७८ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?