१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

काठमाडौं महानगरको कार्यालय भवन बन्‍ने

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिकाले आफ्नो प्रशासनिक भवन निमाणको शिलान्याश गरेको छ । सोमबार महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वातावरण विभाग रहेको स्थानमा भवन निमाणको शिलान्यास गरे । 

काठमाडौं महानगरको कार्यालय भवन बन्‍ने

करिब ६ रोपनी क्षेत्रफलमा भूमिगत तलासहितको ८ तले सुविधासम्पन्न भवन बन्न लागेको हो । महानगरपालिकाको पहिचान तथा वास्तुशैलीलाई आधार बनाएर भवनको डिजाइन तयार गरिएको महानगरले बताएको छ । भवन भित्र नेवारी शैलीको चोकहरु रहने बताइएको छ ।

भवन संरचनामा प्रत्येक तलामा कार्यालयहरू, बैठक हल, प्रशासन/ कर्मचारी/ आगन्तुक एवं कार्यालय सञ्चालन र मर्मतका लागी आवश्यक स्थान छुट्याइएको छ । विपद्को समयमा प्रयोग गर्न सकिने गरी आपतकालीन मार्ग तथा सुरक्षित भर्‍याङ रहने बताइएको छ । भवनको शिलान्यास गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख शाक्यले आफ्नो कार्यकालमा सबै महानगरपालिकाका वडाका कार्यालय भवनको पुनर्निमाण र नयाा निर्माणलाई सम्पन्न गर्ने प्रतिबद्धता अनुसार नै केन्द्रीय भवनको शिलान्यास गरेको बताए ।

महानगरको केन्द्रीय भवनसँगै वडा भवन निर्माण गर्दा परम्परागत मौलिकता संस्कृति झल्किने र बाहिरी स्वरुप एकै खालको हुने गरी निर्माण गरिरहेको पनि प्रमुख शाक्यले बताए । महानगरपालिकाको केन्द्रीय कार्यालय रहने भवन ९२ हजार ६८ वर्गफुटको क्षेत्रफलमा रहने छ । भवनको जमिन तलादेखि सतौं तलासम्म कार्यालय प्रयोजनका लागि प्रयोग हुने छ भने आठौं तलामा २ सय जना क्षमताको र १ सय जना क्षमताको छुट्टाछुट्टै २ हल निर्माण गरिने काठमाडौं महानगरपालिकाले बताएको छ । भवन २०८० असोज मसान्तसम्ममा सम्पन्न गर्ने गरी ठेक्काको जिम्मा समानान्तर निर्माण सेवा प्रालीले पाएको छ । भवन निर्माणको लागत ६९ करोड ५८ लाख १९ हजार ३ सय ५९ रहेको छ ।

प्रकाशित : आश्विन २५, २०७८ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?