२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

हत्या अभियोगमा पत्नीसहित ४ पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — पति हत्याको आरोपमा पत्नीसहित चार जना पक्राउ परेका छन् । ललितपुरको वाग्मती गाउँपालिका–४ प्यूटारका २९ वर्षीय राजकुमार ब्लोनको हत्याको आरोपमा २८ वर्षीया रजिना, साली २५ वर्षीया सुनिता स्याङतान, साढु भाइ गोदावरी–७ देवीचौरका ३० वर्षीय ज्ञानकुमार स्याङतान र गोदावरी–१२ ठेचोकी ३० वर्षीया म्याक्सी माया ब्लोन पक्राउ परेका हुन् ।

असोज ११ मा गोदावरी–७ देवीचौर सलेनी खोल्सामा राजकुमारको शव फेला परेको थियो । टाउको र घाँटीमा धारिलो हतियार प्रहार गरेको चोटपटक थियो । अलिकति पर्तिर गोदावरी–११ का २८ वर्षीय मनोज सार्की पनि मृत भेटिएका थिए ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनका अनुसार घटना अनुसन्धानका क्रममा चार जनालाई पक्राउ गरिएको हो । मृत फेला परेका मनोज पनि राजकुमारको हत्यामा संलग्न रहेको तथ्य भेटिएको प्रहरीको दाबी छ । राजकुमारले मादक पदार्थ सेवन गरी दिनहुँ गर्ने कुटपिटबाट रजिना आजित थिइन् । श्रीमान्को हत्या उनकै योजनामा भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । ‘श्रीमान्को हत्या गर्न ५ हजार रुपैयाँ दिएको देखिन्छ, काम सकेपछि ५० हजार रुपैयाँ दिने भनेको रै’छ,’ एसपी महर्जनले भने । राजकुमारको हत्यापछि भाग्ने क्रममा मनोजको भीरबाट खसेर मृत्यु भएको अनुमान गरेको छ । पक्राउ गरिएका चारै जनाविरुद्ध जिल्ला अदालत ललितपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन २४, २०७८ २२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?