कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

गोदावरीमा सडक बत्ती जडान गरिने

कान्तिपुर संवाददाता

ललितपुर — ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले गोदावरी नगरपालिकासँगको साझेदारीमा सडक बत्ती जडान गर्न मेयरसँग सहमती भइसकेको बताएकी छन् । 

गोदावरीमा सडक बत्ती जडान गरिने

गोदावरी नगरपालिका–१२ ठेचोस्थित बेथिगल टोल सुधार समितिद्वारा शनिबार आयोजित एक समारोहमाच मन्त्री भुसालले नगरपालिकाले ४० र मन्त्रालयले ६० प्रतिशत रकम बेहोर्ने गरी बत्ती जडान गर्न लागेको जानकारी दिइन् । ‘चाडपर्व नजिकिसकेकाले मन्त्रालयमा निर्णय भने दसैंपछि हुनेछ,’ उनले भनिन् ।

गोदावरी नगरपालिकामा चापागाउँ, लेले, झरुवारासी, ठैव, बिशंखुनारयाण, गोदावरी, गोदामचौर गरेर १४ वटा वडा छन् । बेथिगल टोल सुधार समितिकी अध्यक्ष निर्मला क्षेत्रीले समुदायमा सरसफाई, वातावरण संरक्षण, विकृति र विसंगती न्यूनिकरण गर्न समुदायलाई अग्रसर गराउँदै लैजाने बताइन् ।


प्रकाशित : आश्विन २३, २०७८ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?