२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

यात्रुसँग बढी भाडा लिन खोज्‍ने ९ पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — उपत्यका बाहिर जाने यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिन खोज्‍ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । विभिन्‍न टिकट काउन्टरमा आबद्ध भई बिना परिचयपत्र बसपार्क आसपास यात्रुलाई टिकट काटिदिने भन्दै मोलमोलाई गर्ने भरतपुर चितवनका ३८ वर्षीय समिर श्रेष्ठ, धनकुटाका ३० वर्षीय किरण लिम्बू र सुनसरीका २८ वर्षीय सविन राईलाई प्रहरीले पक्राउ गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यात्रुसँग बढी भाडा लिन खोज्‍ने ९ पक्राउ

त्यस्तै, टिकट काउन्टरको कर्मचारी हुँ भन्दै भाडा बार्गेनिङ गर्ने काठमाडौं बस्ने ४६ वर्षीय राज ठकुरी, दाङ घोराहीका २९ वर्षीय विशाल गुरुङ र कैलालीका २९ वर्षीय रमेश कठायतलाई गोगंबुबाट पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए । उनीहरूलाई आवश्यक कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बासपार्कमा बुझाइएको उनले बताए ।

त्यसैगरी कलंकीबाट ३९ वर्षीय नवीन केसी र बल्खुबाट शुभयात्री काउन्टरमा काम गर्ने निजगढका अरुण मगर र जाजरकोट घर भई कीर्तिपुर बस्ने नारायणी काउन्टरका ३७ वर्षीय विनोद रानालाई समेत पक्राउ गरी कारबाहीको लागि प्रहरी वृत्त कालीमाटीमा बुझाइएको महाशाखाले जनाएको छ ।

यात्रुलाई परेको समस्या समधान गर्न महाशाखाले उपत्यकाको विभिन्‍न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । चाडपर्वको समयमा उपत्यका बाहिरिने यात्रुहरुको चाप अत्याधिक हुँदा भिडभाडको मौका छोपी यात्रुहरुलाई ठगी गर्ने, बढी भाडा लिने, डबल टिकट काट्ने समूहलाई नियन्त्रण गर्न र सहज र सुरक्षित यात्राको व्यवस्था गर्न ट्राफिक प्रहरीले विशेष निगरानी एवं अनुगमन गर्न टोली परिचालन गरेको छ ।

तोकिएको टिकट काउन्टरमा परिचयपत्र बहाकहरुले मात्र टिकट काट्ने व्यवस्था भएपनि अनाधिकृत व्यक्तिहरूले बिचौलिया बनेर यात्रुसँग मोलमोलाई गरी तोकिएको भन्दाबढी भाडा लिँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको एसएसपी भट्टराईले जानकारी दिए ।

प्रकाशित : आश्विन २१, २०७८ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?