१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

काठमाडौं महानगरमा आजबाट १८ वर्षमाथिकालाई एस्ट्राजेनेका खोप

महानगरका सबै वडा कार्यालय तथा सातवटा अस्पतालबाट खोप लगाउन सकिने
कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिकामा आजबाट कोभिडविरुद्धको एस्ट्राजेनेका खोपको पहिलो मात्रा दिन थालिएको छ । ३२ वटै वडाका खोप केन्द्र तथा सातवटा अस्पतालमा खोप कार्यक्रम सञ्चालन गरिएको महानगरले जनाएको छ ।

काठमाडौं महानगरमा आजबाट १८ वर्षमाथिकालाई एस्ट्राजेनेका खोप

महानगरका अनुसार १८ वर्षमाथिका सबै नागरिकले केन्द्रमा गएर खोप लगाउन सक्नेछन् ।

नेपाल प्रहरी अस्पताल महाराजगन्ज, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, निजामती कर्मचारी अस्पताल बानेश्वर, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली र वीरेन्द्र अस्पताल छाउनीमा खोप लगाउन सकिनेछ ।

बिहान १० बजेबाट सुरु भएको खोप कार्यक्रम अपराह्न ४ बजेसम्म चल्नेछ ।

प्रकाशित : आश्विन ११, २०७८ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?