कपनको ढलमा बेपत्ता बालकको शव ललितपुरमा भेटियो

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौंको कपनस्थित ढलमा खसेर बेपत्ता भएका बालकको शव पाँच दिनपछि ललितपुरको वाग्मती गाउँपालिका-१ घुसेलकाे वाग्मती नदी किनारमा फेला परेको छ ।

कपनको ढलमा बेपत्ता बालकको शव ललितपुरमा भेटियो

काठमाडौं महानगरपालिका–६ र बूढानीलकण्ठ नगरपालिका–१० को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेका १० वर्षीय उज्ज्वल विक गत मंगलबार रातिदेखि बेपत्ता थिए ।

प्रहरीले खिचेको फोटोमा परिवारले बालकको शव पहिचान गरेको महानगरीय प्रहरी प्रभाग कपनकी प्रहरी निरीक्षक भगवती तिमल्सिनाले जानकारी दिइन् । ‘परिवार पुग्दै छ । उताबाट आएको फोटो पछाडिबाट खिचिएको थियो, त्यसैका आधारमा परिवारले उज्ज्वलकै शव भएको भनेका छन्,’ उनले इकान्तिपुरसँग भनिन् ।

ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्यका अनुसार शव सडेकाे अवस्थामा फेला परेकाे छ । टिकाभैरवबाट गएकाे प्रहरीले पाेस्टमार्टमका लागि पाटन अस्पताल ल्याउने क्रममा रहेकाे उनले बताइन् ।

प्रकाशित : आश्विन १०, २०७८ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?