कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

कमलपोखरीको ९५ प्रतिशत पुनर्निर्माण

सीमा तामाङ

काठमाडौँ — काठमाडौं महानगरपालिकाले कमलपोखरी पुनर्निर्माण ९५ प्रतिशत सकिएको जनाएको छ । पुनर्निर्माणपछि पानी भरिएको कमलपोखरीको निरीक्षणमा गएका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पोखरीको पहिलो चरणको काम ९५ प्रतिशत काम सकिएको जनाए ।

कमलपोखरीको ९५ प्रतिशत पुनर्निर्माण

महानगरका अनुसार गेट, शौचालय र रंगरोगनलगायत काममात्रै बाँकी छ । पोखरी पुनर्निर्माणको दोस्रो चरणमा बगैंचामात्रै रहने महानगरले जनाएको छ ।

निरीक्षणका क्रममा मेयर शाक्यले केही समय अनावश्यक विवादका कारण काममा अवरोध भएको भन्दै पोखरी पुनर्निर्माण अन्तिम चरणमा पुगेकोमा खुसी व्यक्त गरे । ‘छिट्टै कमलपोखरीको उद्घाटन गरी काठमाडौंका सम्पदालाई पर्यटनसँग जोड्छौं,’ उनले भने, ‘कमलपोखरीलाई रानीपोखरीभन्दा पनि आकर्षक बनाउने योजनासहित अघि बढेका छौं ।’

कमलपोखरी वरीपरी चिल्ड्रेन पार्क, ढुंगेधारा, अपागंमैत्री शौचालय, जिम हल, उद्यान र सार्वजनिक स्थलसहितको डिजाइन तयार पारेको र त्यहीअनुरुप काम अघि बढेको महानगरले बताएको छ । सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतका अनुसार कमलपोखरीमा चार वटा कुना र मुल प्रवेशद्धारमा आकर्षक र संस्कृति झल्किने पाँचवटा मण्डप रहनेछ ।

‘पोखरी छिर्ने गेटलाई नेपाली स्वरुप दिइएको छ,’ उनले भने, ‘पोखरी निर्माणमा नेपाली इँटा र दर्शन ढुंगा, नेपालीपना झल्काउन झिँगटीका छानाको व्यवस्था गरेका छौं । पोखरीभित्र चैत्य र पाँच वटा मकरधार रहने छन् ।’

कँडेल निर्माण सेवा कम्पनीले निर्माण गरिरहेको पोखरी ६ करोड ३६ लाख रुपैयाँ लागत छ । पानी पुनर्भरण र शुद्धिकरण गर्ने योजनासहित पोखरी पुनर्निर्माण गरिरहेको महानगरले जनाएको छ ।


प्रकाशित : आश्विन ८, २०७८ २०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?