३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

फरार प्रतिवादी १० वर्षपछि पक्राउ

काठमाडौँ — जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई १० वर्षपछि पक्राउ गरिएको छ । सिन्धुपाल्चोक मानेस्वारा घर भई भक्तपुर सल्लाघारी बस्ने ३८ वर्षीय सागर तामाङ पक्राउ परेका हुन् ।

फरार प्रतिवादी १० वर्षपछि पक्राउ

जिल्ला अदालत काठमाडौंको २०७१ वैशाख ५ को फैसलाले ९ वर्ष कैद र पीडितले प्रतिवादीबाट नगद १० लाख रुपैयाँ क्षतिपूर्ति पाउने आदेश दिएको थियो । प्रहरीका अनुसार तामाङले २०६८ कात्तिक २० मा १५ वर्षीया किशोरीलाई राम्रो काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारेर दोलालघाटबाट लिएर आई कोटेश्वरस्थित शुभलक्ष्मी गेस्ट हाउसको ३०६ नम्बर कोठामा जबरजस्ती करणी गरेका थिए ।

बुधबार पक्राउ परेका तामाङलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं पठाइएको ब्युरोले जनाएको छ । त्यसैगरी, महानगरीय प्रहरी वृत्त थिमिले जबरजस्ती करणीका फरार कसुरदार सिन्धुली सुनकोसी–४ का २५ वर्षीय मीठाराम धिमाललाई पनि पक्राउ गरेको छ । धिमालले गत साउन १५ मा मध्यपुर थिमि–४ स्थित सिजन गेस्ट हाउसमा लगेर १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेका थिए ।

प्रकाशित : आश्विन ८, २०७८ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?