१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

लागूऔषध कारोबार गर्ने गिरोह पक्राउ 

भक्तपुर — भक्तपुर प्रहरीले लागूऔषध कारोबार गर्ने गिरोहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर नगरपालिका–५ क्वाछेंका १९ वर्षीय राजेश शाही, उनकी पत्नी २० वर्षीया सरिता शाही, धादिङ बेनिघाट गाउँपालिका–३ घरभई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–७ हात्तीगौडा बस्ने ३९ वर्षीय केशव क्षेत्री छन् ।

लागूऔषध कारोबार गर्ने गिरोह पक्राउ 

यस्तै सर्लाही धनकौल गाउँपालिका–४ महिनाथपुरका २८ वर्षीय रामविश्वास राय यादव, धनकौल गाउँपालिका–३ हरकठवाका २६ वर्षीय मोहमद शेष ईन्ताज र ललितपुर महानगर–१२ थतीका २९ वर्षीय रविन देउला छन् ।

उनीहरुको साथबाट नोफिन ६ सय ७६ थान, डाइजापाम ६ सय ७६ थान, फिनारगन ५ सय ८१ थान, नाइट्राभेट–१० (१८ सय थान ट्याब्लेट), प्रोमेथाजिन ९५ थान बरामद गरिएको छ । त्यस्तै, उनीहरुले लागूऔषध कारोबारमा प्रयोग गरेको मोटरसाइकल एक थान, मोबाइल ९ थान, सिमकार्ड १३ थानलगायत सामग्री र ४६ हजार रुपैयाँ नगद बरामद गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी दिपक गिरीले बताए । उनका अनुसार पक्राउ परेकाहरुले भारतबाट लागूऔषध ल्याई उपत्यकामा बिक्री वितरण गर्ने गरेको पाइएको छ ।


प्रकाशित : आश्विन ७, २०७८ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?