कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

साहित्यकार केशवमणिको निधन

काठमाडौँ — साहित्यकार तथा लेखक केशवमणि आचार्य दीक्षितको ८८ वर्षको उमेरमा निधन भएको छ । पछिल्लो समय स्वास–प्रश्वासमा देखिएको समस्यापछि उनलाई नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

साहित्यकार केशवमणिको निधन

नेपाली राजनीति, पूर्वीय दर्शन तथा इतिहास लेखनमा कलम चलाउँदै आएका केशवमणिको सोमबार निधन भएको छोरा तारकमणि दीक्षितले जानकारी दिए ।

नेपाली भाषाविद् सरदार राममणि आचार्य दीक्षितका कान्छा छोरा केशवमणिले रुपन्देहीमा शिक्षाको उज्यालो छर्न विशेष योगदान गरेका थिए । उनको १८ वटा किताब प्रकाशित भइसकेको छ ।

रुपन्देहीको मणिग्राममा राममणि बहुमुखी क्याम्पस स्थापना गर्न उनको विशेष योगदान थियो । २०५६ सालमा उनले लेखेको ‘बीपी कोइरालाका तीन उपन्यास एक विहङ्गम दृष्टी’ र २०२९ सालमा प्रकासित ‘पुराना सम्झना’ चर्चित बनेका थिए । उनका श्रीमति, दुई छोरा र दुई छोरी छन् ।

प्रकाशित : आश्विन ६, २०७८ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?