काठमाडौंलाई धार्मिक पर्यटकीय सहर बनाउनुपर्छ : मेयर शाक्य- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौंलाई धार्मिक पर्यटकीय सहर बनाउनुपर्छ : मेयर शाक्य

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंका ऐतिहासिक सम्पदालाई धार्मिक पर्यटकीय सहरको पहिचान दिने अभियानमा लागेको बताएका छन् । शाक्यले गृहवडा २१ को इनाखामा अवस्थित गणेश मन्दिर उद्घाटन गर्दै ३२ वटै वडामा सम्पदा निर्माण–पुनर्निर्माणलाई प्राथमिकता दिएको बताए । ‘महानगरले भएका सम्पदा संरक्षण सम्वर्द्धन गर्ने र पर्यटनसँग जोड्नमात्रै होइन, नयाँ सम्पदा निर्माण अभियानलाई पनि अघि बढाएको छ,’ शाक्यले भने । 

उनले महानगरले सांस्कृतिक सहरको पहिचान बनाएको भन्दै यो पहिचनालाई जीवन्त राख्नका लागि प्रयास गरिरहेको बताए । ‘काठमाडौं मन्दिर नै मन्दिर भएको महानगरपालिका हो । यहाँ घरबाट बाहिर निस्किनेबित्तिकै मन्दिर नै मन्दिर भेटिन्छ,’ शाक्यले भने, ‘तर, आफ्नो घर नजिकै रहेका मन्दिर छाडेर काठमाडौं बाहिरका मन्दिरको दर्शन गर्न बर्सेनी लाखौं काठमाडौंवासी धार्मिक यात्राका लागि बाहिर जाने गरेका छन् ।’

उनले त्यसको अन्त्य गर्दै काठमाडौं आउने सम्पूर्ण नेपाली र विदेशीलाई समेत यहाँको धार्मिक ऐतिहासिक महत्वका बारेमा अध्ययन अनुसन्धान गर्ने धार्मिक–पर्यटकीय ठाउँ बनाउने बताए । उनले मूर्त–अमूर्त सम्पदा संरक्षण–सम्वर्द्धन गरी काठमाडौं घुम्न आउने पर्यटकको बसाई लम्ब्याउने योजनासहित अघि बढेको पनि स्मरण गराए । ‘यहाँ घुम्न आउने स्वदेशी–विदेशी पर्यटनको बसाई लम्बिन सकोस् र यहाँको पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्न सकोस भन्ने हेतूले हामी सम्पदा निर्माण–पुनर्निर्माणको अभियानमा अघि बढेका छौं,’ उनले भने, ‘यहाँका स्थानीयसँगै व्यवसायीहरुको जीवनयापन थप सहज बनाउन यहाँका सम्पदालाई पर्यटनसँग जोड्न चाहेका छौं।’

प्रमुख शाक्यले गुठी संस्थानसँग रहेका मठमन्दिर र जग्गा महानगरपालिकालाई दिने हो भने ती स्थानमा खुलापार्क र सम्पदा निर्माणको कामलाई अघि बढाउँदै ऐतिहासिक सहरको पहिचानलाई थप बलियो बताउने बताए ।

कार्यक्रममा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठले काठमाडौं महानगरपालिकाले अघि बढाएको सम्पदा निर्माण–पुनर्निर्माण अभियानमा सदैव साथ रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित : आश्विन २, २०७८ १४:५५
प्रतिक्रिया
पठाउनुहोस्

सल्यानका राउटे परिवारलाई लन्डनबाट सहयोग

कान्तिपुर संवाददाता

काठमाडौँ — लन्डन । सल्यानस्थित सल्लीबजार नजिक रहेका राउटे परिवारलाई लन्डनस्थित एक व्यवसायीले विभिन्न सामग्री सहयोग गरेका छन् ।चिसिँदो मौसमलाई मध्यनजर गर्दै दयनीय जीवनशैली बिताइरहेका ४६ राउटे परिवारका १४१ जनालाई शुक्रबार एक कार्यक्रमबीच व्यवसायी रवीजंगले लामिछाने टेन्ट, म्याट्रेस, ब्ल्यांककेट, चप्पल, साबुन, आंटालगायत सामग्री प्रदान गरेका हुन् ।

ती सामग्री राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले राउटे परिवारलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले राउटे जातिको जीवनस्तर सुधार्न दीर्घकालिन योजनामा जोड दिए । उनले अहिलेसम्मका सरकारले राउटेको जीवनस्तर सुधारेर सामाजिकीकरण गर्ने सवालमा ठोस् योजना ल्याउन नसकेको पनि बताए । 'राउटेहरुको भाषा, संस्कृति, धर्म, रीतिरिवाज संरक्षण गरेर उनीहरुको जीवनस्तर रुपान्तरण गर्न जरुरी छ, उनीहरुलाई सहयोगका नाममा अरुले फाइदा लिइरहेका छन्', अध्यक्ष तिमिल्सिनाले भने ।

सहयोग वितरण कार्यक्रममा सल्यान र सुर्खेतका प्रमुख जिल्ला अधिकारी, स्थानीय मेयर, प्रदेश सांसद, प्रहरी प्रमुखलगायत सहभागी थिए ।

रविचन्द्र ट्रष्ट नेपालका संस्थापक अध्यक्ष लामिछानेले अहिले ट्रष्टमार्फत ४० जना अनाथ जेहेन्दार बालबालिकालाई नेपालका विभिन्न जिल्ला पर्वत, दाङ, गोरखाको बोर्डिङ स्कुलमा पढाइरहेका छन् ।

प्रकाशित : आश्विन २, २०७८ १४:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×