जुवाखालबाट लाखौँ नगदसहित २० जना पक्राउ- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जुवाखालबाट लाखौँ नगदसहित २० जना पक्राउ

रासस

काठमाडौँ — काठमाडौंको जोरपाटीमा जुवाखालबाट लाखौँ नगदसहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले चार लाख ७५ हजार बरामद गरेको छ । 

जुवातास खेलिरहेका अवस्थामा उनीहरुलाई महानगरीय प्रहरीवृत्त बौद्धको प्रहरी टोलीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीको चामुण्डागेटस्थित तिब्बतीयन क्याम्पभित्र धावा ढुण्डुपको घरमा जुवा खेल्दै गरेका २० जना पक्राउ परेका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । उनीहरुका साथबाट क्यासिनोमा प्रयोग हुने ४६४ थान क्वाइन, विभिन्न व्यक्तिका नाममा काटेको २८ वटा चेक र १०० कौडासमेत बरामद गरिएको छ ।

प्रकाशित : आश्विन २, २०७८ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्

वसन्तपुरमा कुमारी पूजा

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — काठमाडौंको वसन्तपुरमा शनिबार सामूहिक कुमारी पूजा गरिएको छ । कुमारी पूजा सेवा समिति भक्तजन परिवारको आयोजनामा इन्‍द्रजात्राको अवसर पारेर हरेक वर्ष उक्त कार्यक्रमको आयोजना गरिँदै आइएको छ । यसपटक आइतबार परेको इन्द्रजात्राको अवसर पारेर वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा गरिएको हो । पूजामा ५४ कुमारी सहभागी थिए ।


प्रकाशित : आश्विन २, २०७८ १४:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×