कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घूस अस्वीकार गर्ने २४ ट्राफिक प्रहरी सम्मानित

काठमाडौँ — घूस अस्वीकार गर्ने ट्राफिक प्रहरीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले सम्मान गरेको छ । नियमानुसार ट्राफिक कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकको प्रलोभनमा नपरी जिम्मेवारी निर्वाह गर्ने प्रहरी निरीक्षकसहित २४ जना ट्राफिक प्रहरीलाई सम्मान गरेको हो ।

घूस अस्वीकार गर्ने २४ ट्राफिक प्रहरी सम्मानित

संगठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरश: पालना गर्दै ट्राफिक नियम उल्लंघन गर्ने चालकको प्रलोभनमा नपरी काम गर्ने ट्राफिक प्रहरीलाई सम्मान गर्दै त्यस्ता चालकहरुलाई कानुन अनुसार मद्दा चलाइएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए ।

महाशाखाले चालु आर्थिक वर्ष ०७८/७९ को दुई महिनामा घूस प्रलोभनमा पार्न खोज्ने ७७ सवारी चालकलाई पक्राउ गरी घूस बापतको २२ हजार ८ सय ५० बरामद गरेको जानकारी दिएको छ । महाशाखाले गत आर्थिक वर्ष ०७७/७८ मा घुस दिई प्रलोभन पार्ने १ सय ६६ जना चालक पक्राउ गरी कारबाही गरेको र घूस बापत ९० हजार १ सय ५५ रुपैयाँ बरामद गरेको थियो ।

प्रकाशित : आश्विन १, २०७८ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?