वीरमा स्टाफ नर्सका लागि ३ हजार जनाको आवेदन 

प्रशान्त माली

काठमाडौँ — वीरको कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालमा स्टाफ नर्सका लागि ३ हजार जनाको आवेदन परेको छ । अस्पतालले भदौ २१ गते ६ महिना करारका लागि ५० जना कर्मचारी मागेकोमा ३ हजार जनाले आवेदन दिएको वीर अस्पतालले जनाएको छ । नियुक्त पाएका स्वास्थ्यकर्मी कोभिड संक्रमित बिरामीको हेरचाह तथा उपचारमा खटिनेछन् ।

वीरमा स्टाफ नर्सका लागि ३ हजार जनाको आवेदन 

कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल प्रमुख डा.भूपेन्द्र बस्नेतले आवेदन परेकाहरुको अन्तर्वार्ता लिनेक्रममा रहेको बताए । ‘चाँडै नै नियुक्ति दिएर काममा लगाउँछौं,’ उनले भने । अस्पतालले यसअघि कोभिड बिरामीको उपचारका लागि १४५ जना नर्स, ४९ जना डाक्टर, ल्याब टेक्निसियन/सुरक्षागार्ड १०/१० जना र ५० जना सफाई कर्मचारी माग गरेको थियो । डाक्टर र स्टार्फ नर्स करार, ल्याब टेक्निसियन ज्यालादारीमा नियुक्ति पाएर काम गरिरहेका छन् ।

अस्पताल असार २७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । ५ सय क्षमताको अस्पतालमा हाल २ सय ५८ बेड मात्र सञ्चालनमा छन् । अस्पतालका अनुसार पुरै बेड सञ्चालनमा ल्याउन स्टार्फ नर्स ३००, डाक्टर ११४, ल्याब टेक्निसियन २० जना, सुरक्षागार्ड २५ जना आवश्यक पर्छ ।

प्रकाशित : भाद्र ३१, २०७८ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?