कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

अर्कैको जग्गा बिक्री गर्ने भन्दै ठगी

काठमाडौँ — जग्गा बिक्री गर्ने भन्दै ६८ लाख ९० हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं–३२ बस्ने धरान–९ का ३६ वर्षीय रुसिल कटुवाल छन् । 

काठमाडौं–१० बस्ने मोरङको केराबारीका धीरजकुमार दाहालसँग मिलेर कटुवालले एक व्यक्तिबाट मोरङको जग्गाको मूल्य कायम गरी काठमाडौंको सुकेधारामा बैना गरेका थिए । उक्त रकम लिई जग्गा पास नगरी सम्पर्कविहीन भएपछि पीडितले प्रहरीलाई जानकारी गराएका थिए ।

साविक केराबारी गाविस–६ मा रहेको कित्ता नम्बर ६३८ को क्षेत्रफल ०–१–१० र कित्ता नम्बर ६४० को क्षेत्रफल ०–७–२–० को जग्गाको मूल्य कायम गरी बैना लिएपछि उनीहरू फरार भएको पीडितको भनाइ छ ।

मालपोत कार्यालय मोरङमा गई बुझ्दा अन्य व्यक्तिहरूकै नाममा बिक्री भइसकेको जग्गा पुनः आफूलाई बिक्री गर्ने योजना बनाएको बुझेको पीडितले बताए । कटुवाललाई महानगरीय अपराध महाशाखाले मंगलबार पक्राउ गरी ठगी कसुरमा थप अनुसन्धानका लागि काठमाडौं परिसर पठाएको छ ।

प्रकाशित : भाद्र ३१, २०७८ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?