सर्जिकल सामग्री उपलब्ध गराइदिने भन्दै ४२ लाख ठग्ने पक्राउ- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सर्जिकल सामग्री उपलब्ध गराइदिने भन्दै ४२ लाख ठग्ने पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्जिकल सामग्री उपलब्ध गराइदिने भन्दै ४२ लाख २४ हजार रुपैयाँ ठगी गरेको अभियोग प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगर–४ बागडोलका ४२ वर्षीय सरल राना छन् ।

सरलसमेतका व्यक्तिहरुले भारत पञ्जाबस्थित मिरिएड ह्यूनज हेल्थ केयर कम्पनीको नेपाल प्रतिनिधि हौं विभिन्न सर्जिकल सामग्रीहरू ग्लोभ्स, लेटेक्स इग्जामिनेसन ग्लोभ्स विभिन्न साइजमा ल्याइदिने दाबी गर्दै ठगेका हुन् । विभिन्न साइजका नमुनासमेत देखाएर कम्पनीको क्षेत्रीय प्रबन्धक सन्दिप थापा हुन् भन्दै निजको आर्थिक कारोबार रहेको बैंक अफ इन्डिया, मालीगुडीको खातामा २ जनालाई नगद जम्मा गर्न लगाएका थिए ।

उक्त नगद पाएपछि उनीहरुले प्रतिबाकस ५० पिस राखी साइज, परिमाण र लेभल नभएको गुणस्तरहीन सामान पठाएका थिए । पछि सम्पर्कविहीन भई झुक्याएर ठगी गर्ने रानालाई महानगरीय अपराध महाशाखाले शुक्रबार पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको महाशाखाले जनाएको छ ।

प्रकाशित : भाद्र २८, २०७८ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्

इजरायल लैजाने कामदार छान्न भाषापरीक्षा आज

एक हजार जनाको कोटामा सात हजारले प्रतिस्पर्धा गर्दै 
कान्तिपुर संवाददाता

काठमाडौँ — इजरायलको दीर्घकालीन स्याहार सेवा केन्द्रमा सहयोगीका रूपमा लैजाने एक हजार कामदार छनोट गर्न पहिलो चरणको भाषापरीक्षा आज (सोमबार) हुँदै छ । परीक्षामा ७ हजार ९ जना सहभागी हुनेछन् ।

वैदेशिक रोजगार विभागका अनुसार काठमाडौंस्थित ११ वटा परीक्षा केन्द्रमा अपराह्न १ बजे परीक्षा सुरु हुनेछ । यो परीक्षामा उत्तीर्ण उम्मेदवारलाई अन्तर्वार्तामा सहभागी गराइनेछ । परीक्षा वस्तुपरक प्रश्नमा केन्द्रित हुनेछ । प्रश्नपत्रको जाँच भने ‘अप्टिकल मार्क रिड’ प्रविधिमार्फत गरिनेछ ।

‘इजरायलको छनोट प्रक्रिया निष्पक्ष ढंगबाट गरिएको छ । यो परीक्षा उम्मेदवारको मात्र नभई नेपालको पनि हो । किनभने इजरायलले नेपाललाई पूर्ण भरोसा गरेको छ,’ विभागका निर्देशक डम्बरबहादुर सुनुवारले भने । पहिलो चरणमा ७ सय महिला र तीन सय पुरुष छनोट हुनेछन् । पहिलो चरण सफल भए इजरायलले थप २५ सय जना लैजाने विभागले जनाएको छ ।

परीक्षाका लागि २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेका व्यक्तिबाट आवेदन माग गरिएको थियो । कमाइ र कार्यस्थलको हिसाबले इजरायल दक्षिण कोरियाभन्दा पनि आकर्षक गन्तव्य हो । इजरायल जाने कामदारको न्यूनतम तलब १६ सय डलर (झन्डै १ लाख ९० हजार रुपैयाँ) छ । लागत शुल्क भने १ लाख ६५ हजार रुपैयाँ लाग्नेछ । छानिएका कामदारले ५ वर्षसम्म काम गर्न पाउनेछन् ।

प्रकाशित : भाद्र २८, २०७८ १२:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×