३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

विभिन्‍न घटनामा संलग्‍न‍ तीन व्यक्ति उपत्यकाबाट पक्राउ

रासस

काठमाडौँ — विभिन्न घटनामा संलग्न तीन जनालाई प्रहरीले फरक–फरक स्थानबाट पक्राउ गरेको छ । बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका काठमाडौँको गोकर्णेश्वर बस्ने उमेश लामालाई प्रहरीले काठमाडौँको नयाँ बस्तीबाट पक्राउ गरेको जनाएको छ ।

विभिन्‍न घटनामा संलग्‍न‍ तीन व्यक्ति उपत्यकाबाट पक्राउ

बैंक खातामा पर्याप्त रकम नभएको जानीजानी पीडितलाई झुक्यानमा पारी चेक दिएका लामालाई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी सात दिन कैद र ११ लाख रुपैयाँ जरिवाना हुने सजाय सुनाएको थियो । त्यसपछि फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले बिहीबार पक्राउ गरेको हो । उनलाई आजै फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा बुझाइएको ब्यूरोले जनाएको छ ।

यसैबीच काठमाडौंको नागढुंगाबाट झण्डै दुई किलो गाँजासहित एक व्यक्ति पक्राउ परेका छन् । धादिङबाट शंकास्पद रूपमा पैदलै काठमाडौं आउँदै गर्दा उनलाई गाँजासहित नागढुंगा सुरक्षा चौकीबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा धादिङको थाँ‍क्रेका मोतीलाल तामाङ छन् । उनले बोकेको झोलाभित्र लुकाइराखेको अवस्थामा एक किलो ८०० ग्राम गाँजा फेला पारिएकाले लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान थालिएको छ ।

यसैबीच धादिङबाट काठमाडौं आउँदै गरेको बा४ख ४४५० नंको बस जाँच गर्ने क्रममा स्रोत नखुलेको ११ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ पर्नेमा भारतका शोविक आदक रहेको र थप अनुसन्धानका लागि उनलाई सम्पत्ति शुद्धिकरण विभाग हरिहरभवन पठाइएको छ ।

प्रकाशित : भाद्र २४, २०७८ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?