उपत्यका

जोखिममा चाँगुनारायण

२०७२ वैशाखको भूकम्पका कारण चाँगुनारायण मन्दिर परिसरको उत्तर–पश्चिम (किलेश्वर महादेव पुजारी पाटी) सँगैको क्षेत्र भासियो । भूक्षय नियन्त्रण नगरी चौघेरा सत्तल (पाटी) मन्दिर पुनर्निर्माण गर्न सक्ने अवस्था रहेन । पुरातत्त्व विभागले टेको र पर्खाल लगाएपछि मात्र चौघेरा सत्तलको पुनर्निर्माण थालेको छ । अझै उक्त क्षेत्र भूक्षयको जोखिममा छ ।

विश्व भ्लग प्रतियोगिता नेपालमा

नेपालको पयर्टन प्रवर्द्धन र वातावरणीय मुद्दामा विश्व समुदायको ध्यानाकर्षण गर्न ‘विश्व भ्लग प्रतियोगिता’ हुने भएको छ । प्रतियोगितामा ११ देशका ११ जना फिल्मकर्मी तथा भ्लगरहरूको सहभागिता रहने आयोजक पार्टी नेपालले जनाएको छ ।

भाद्र १७, २०७८

काठमाडौं–१९ का वडाध्यक्षको निधन

काठमाडौं महानगरपालिका वडा नं–१९ का अध्यक्ष शशीलाल श्रेष्ठको बिहीबार निधन भएको छ । ६५ वर्षीय उनको निर्भिक अस्पतालमा उपचारको क्रममा साँझ ७ बजे निधन भएको हो ।

उपत्यकाको फोहोर अब बन्चरेडाँडामा

सरकारले काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडामा व्यवस्थापन गर्ने भएको छ । सिसडोल ल्यान्डफिल साइट जाने सडक बिग्रिएसँगै स्थानीयले अवरोध गरेपछि एक महिनादेखि उपत्यकामा फोहोर थुप्रिएको छ । सिसडोलका स्थानीय र महानगरबीच मंगलबार सहमति भएपछि बुधबारदेखि फोहोर उठाउन थालिएको छ ।

भाद्र १६, २०७८

सुरुङ मार्गनजिक दिनैजसो पहिरो

नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग आयोजनाको धादिङतर्फको प्रवेशद्वार धुनीबेंसी–९ मा पानी पर्नासाथ पहिरो खस्ने गरेको छ । सिस्नेखोलास्थित खत्रीपौवा डाँडोबाट लेदो माटोसहितको पहिरो खस्दा सडक अवरुद्ध हुने गरेको छ । झरिसकेको पहिरोलाई पालले छोपिएको भए पनि माथिबाट लेदो खसिरहेको छ ।

भाद्र १५, २०७८

हनुमन्तेमा ४७ वर्षअघि मिचिएको जग्गाको अख्तियारबाट अनुसन्धान सुरु

पूर्वभूमिसुधार तथा व्यवस्थामन्त्री जगन्नाथ आचार्यले हनुमन्ते खोलाले चर्चेको जमिन आफ्नो नाममा दर्ता गरी बिक्री वितरण गरेको ४७ वर्षपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अघि बढाएको छ । खोला बगेको जग्गा व्यक्ति विशेषको नाममा दर्ता गरी बिक्री वितरण गरेको पाइएको भन्दै आयोगले अनुसन्धान नसकिएसम्म हक हस्तान्तरण हुन नपाउने गरी जग्गा रोक्का राख्न समेत निर्देशन दिएको छ । 

हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ

प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्नको अभियोगमा २ जनालाई पक्राउ गरेको छ । काठमाडौं–१४ कुलेश्वरस्थित फलफूल बजारबाट अवैध हुण्डी कारोबारमा संलग्न रहेको अभियोग मंगलबार २ जनालाई ३० लाख ७ हजार रुपैयाँसहित पक्राउ गरेको हो ।

भाद्र १३, २०७८

३४ शिक्षकले लिए स्वैच्छिक अवकाश

सूर्यविनायक नगरपालिकाका ३४ शिक्षकले स्वैच्छिक अवकाश लिएका छन् । नगरभित्रका सामुदायिक विद्यालयमा दरबन्दी मिलान र व्यवस्थापन गर्न निवृत्तिभरण भइसकेका र अनिवार्य अवकाश चाहने शिक्षकलाई डेढ लाखदेखि साढे ३ लाख रुपैयाँसम्म प्रोत्साहन सुविधा दिएपछि उनीहरूले उक्त निर्णय लिएका हुन् ।

इच्छुमती उद्यान र टुकुचा करिडोर तयार

इच्छुमती उद्यान र टुकुचा करिडोर तयार भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले झिगु इच्छुमती पार्क र प्रदेशसभा सदस्य केशव स्थापितले शंकरदेव क्याम्पसबाट प्रदर्शनी मार्ग जोड्ने टुकुचा करिडोरको शनिबार उद्घाटन गरेका छन् ।

भाद्र १२, २०७८