२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

आइतबार उपत्यकामा मात्र ९५१ जनामा कोरोना पुष्टि

कान्तिपुर संवाददाता

काठमाडौँ — गएको २४ घन्टामा काठमाडौं उपत्यकामा मात्र ९५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टाभित्र देशभर २ हजार ५४८ मा संक्रमण देखिएकामा काठमाडौं उपत्यकामा मात्र ९५१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

आइतबार उपत्यकामा मात्र ९५१ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर, ललितपुरमा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणबाट उक्त संख्यामा कोराना संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै ७४० जना काठमाडौंका छन् । यस्तै भक्तपुरमा ५६ र ललितपुरमा १५५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : श्रावण २४, २०७८ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?