१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई मंगलबार पक्राउ गरेको छ । 

फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलासका लागि परिचालित टोलीले बैंकिङ कसुर (चेक बाउन्स) मुद्दामा ललितपुरस्थित पाटन उच्च अदालतबाट कसुरदार ठहर भई फरार रहेका काठमाडौं बुढानीलकण्ठ निवासी ठाकुरप्रताप थापालाई पक्राउ गरेको ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

उनलाई फैसला कार्यान्वयनका लागि मंगलबार नै काठमाडौं जिल्ला अदालतमा हाजिर गराइएको गरिएको छ । आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभए पनि अभियुक्तले जानाजान पीडितलाई झुक्याएर बैंकको चेक दिएकाले बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गरिएको थियो । सो मुद्दामा उच्च अदालतले ३९ लाख ९६ हजार ४०० रुपैयाँ जरिवाना तोकेको थियो ।

प्रकाशित : श्रावण १९, २०७८ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?