भक्तपुर अस्पतालमा ३ जना कोरोना संक्रमितको मृत्यु- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भक्तपुर अस्पतालमा ३ जना कोरोना संक्रमितको मृत्यु

कान्तिपुर संवाददाता

भक्तपुर — भक्तपुर अस्पतालमा २४ घण्टाभित्र ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालकी सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमका अनुसार भक्तपुर नगरपालिका–४ का ७८ वर्षीय पुरुष, सूर्यविनायक नगरपालिका–१० का ५६ वर्षीय पुरुष र चाँगुनारायण नगरपालिका–५ की ५५ वर्षीया महिलाको उपचारकै क्रममा मृत्यु भएको हो ।

तीनै जना भेन्टिलेटरमा उपचाररत थिए । योसँगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ सय १३ पुगेको छ ।

प्रकाशित : श्रावण १७, २०७८ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्

सर्वाेच्चले माग्यो प्रदेश सांसद न्यौपाने र पन्थीलाई हटाउनुको कारण

अमृता अनमोल

बुटवल — सर्वाेच्च अदालतले लुम्बिनी प्रदेश सभाका सदस्यद्वय दधिराम न्यौपाने र दिनेश पन्थीलाई हटाउनुको कारण सोधेको छ ।

एमाले प्रवेश गरेपछि प्रदेश सभा सदस्यबाट पदमुक्त गरिएका न्यौपाने र पन्थीले आफूहरुलाई बिनाकारण हटाइएको भन्दै पुनर्बहालीको मागसहित सर्वोच्च अदालतमा निवेदन दिएका थिए । निवेदकहरुले नेकपा (माओवादी केन्द्र), लुम्बिनी प्रदेश प्रदेश सभा सचिवालय, लुम्बिनी प्रदेशका सभामुख र निर्वाचन आयोगलाई विपक्षी बनाइ पुनर्बहालीको मागसहित निवेदन दिएका थिए ।

आइतबार भएको प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भटराईको इजलासले उनीहरुलाई हटाउनुको कारणको मागसहित भदौ ८ गते दुवै पक्षलाई बोलाएको निवेदकका कानुन व्यवसायी ईश्वरी भट्टराईले बताए ।

न्यौपाने र पन्थीले आफूहरुलाई नेपालको संविधान र नेकपा माओवादी केन्द्र संसदीय दलको विधान विपरीत हटाइएको भन्दै साउन ७ गते सर्वोच्च अदालतमा निवेदन दिएका थिए । माओवादी केन्द्रको पत्रको आधारमा सभामुख पूर्णबहादुर घर्तीले चैत २३ मा उनीहरुलाई निलम्बन गर्दै पद रिक्त भएको जानकारी दिएका थिए ।

तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)को संयुक्त घोषणा पत्रका आधारमा निर्वाचनमा लडेकाले एमाले प्रवेश गरेको भनेर हटाउन नमिल्ने निवेदकहरुको जिकिर छ ।

प्रकाशित : श्रावण १७, २०७८ १७:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×