एआईएनद्वारा स्वास्थ्य सामाग्री सहयोग

कान्तिपुर संवाददाता

काठमाडौँ — एसोसिएसन अफ इन्टरनेसनल एनजीओज इन नेपाल (एआईएन)ले स्वास्थ्य पत्रकारहरुको साझा संस्था स्वास्थ्य पत्रकार मञ्च नेपाल (एचजेएफएन)लाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

एआईएनद्वारा स्वास्थ्य सामाग्री सहयोग

एआईएनले कोभिडविरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्य पत्रकारहरुको सुरक्षाका लागि भन्दै साढे ३ लाख बढीको स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा एआईएनका अध्यक्ष डा. सुशील कोइरालाले एचजेएफएनका अध्यक्ष रामप्रसाद न्यौपानेलाई सामग्री हस्तान्तरण गरे ।

एआईएनले उपलब्ध गराएको कोभिड किटमा सर्जिकल तथा एन–९५ मास्क, डिजिटल थर्मोमिटर, अक्सिमिटर, ह्याण्ड स्यानिटाइजर, फेससिल्ड, साबुन लगायत अत्यावश्यक सामग्री रहेको छ ।

एआईएनलाई उक्त सामग्री फेयर मेड, आइपास, आड्रा, वाटर एड, दामिएन फाउन्डेसन, एफएचआई ३६० ईपिक प्रोजेक्ट गरी ६ वटा संस्थाले उपलब्ध गराएको हो ।

प्रकाशित : श्रावण १६, २०७८ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?