२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अत्तरखेलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

रासस

काठमाडौँ — गोकर्णेश्वर नगरपालिका–९ अत्तरखेलमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

शुक्रबार गोकर्णेश्वरको अत्तरखेलमा ट्रकले पैदल हिँडिरहेका रामेछाप घर भई गोकर्णेश्वर बस्दै आएका ३० वर्षीय राजन खड्कालाई बा ४ ख १०२२ नम्बरको मिनी ट्रकले ठक्कर दिएपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ । खड्काको नेपाल मेडिकल कलेज अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

सिन्धुपाल्चोक जलविरे स्थायी घर भई हाल माकलबारी बस्ने वर्ष २४ वर्षीय चालक कुमार श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत बौद्धका डीएसपी ढुण्डीराज न्यौपानेले बताउनुभयो ।

प्रकाशित : श्रावण १५, २०७८ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?