१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अवैध रुपमा मदिरा उत्पादन गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ 

कान्तिपुर संवाददाता

काठमाडौँ — अवैध रुपमा मदिरा उत्पादन गरेको आरोपमा एक चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । चिनियाँ नागरिकले अवैध रुपमा मदिरा उत्पादन गरी बिक्री वितरण गरिरहेको सूचनाको आधारमा शुक्रबार महानगरीय अपराध महाशाखाको विशेष टोलीले छापा मारेको हो ।

अवैध रुपमा मदिरा उत्पादन गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ 

महाशाखाका अनुसार काठमाडौं महानगरपालिका–२६ ठमेलस्थित छिन्ता लामाको घर भाडामा लिई मदिरा उत्पादन गर्ने चियाङ सु चीनका ५६ वर्षीय सी चिवेई पक्राउ परेका हुन् । उनले २०७८ वैशाख १० गते ‘होम स्विट स्मेल होटल एण्ड रेस्टुरेन्ट प्रालि दर्ता गरी अवैध रुपमा मदिरा उत्पादन गरेको पाइएको महाशाखाका सूचना अधिकारी एसपी कृष्णप्रसाद कोइरालाले बताए ।

प्रहरीले आन्तरिक राजस्व कार्यालय महाराजगन्ज र स्थानीय जनप्रतिनिधिको रोहबरमा मदिरा उत्पादन गर्ने मेसिन, मदिरा उत्पादन गर्न प्रयोग हुने कच्चा पदार्थ साथै बिक्री वितरणका लागि तयार पारिएको मदिरा समेत बरामद गरेको छ । प्रहरीले स्टिलको मेसिन ४ वटा, मदिरा जम्मा गर्ने ट्यांकी, मदिरा तौल गर्ने मेसिन, ८० लिटर क्षमताको प्लास्टिकको ड्रममा रहेको अवैध मदिरा उत्पादन गर्ने कच्चा पदार्थ १ सय १३ ड्रम बरामद गरेको एसपी कोइरालाले बताए । कारबाहीका लागि सी चिवेईलाई शुक्रबार नै आन्तरिक राजस्व कार्यालय महाराजगन्ज बुझाएको समेत जनाइएको छ ।

प्रकाशित : श्रावण १५, २०७८ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?