कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

हिरण्यवर्ण महाविहारको पुनर्निर्माण सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — ललितपुरस्थित हिरण्यवर्ण महाविहारको पुनर्निर्माण सुरु भएको छ ।  शुक्रबार क्षमापूजा गरी महाविहारको पुनर्निर्माण सुरु गरिएको हो ।

हिरण्यवर्ण महाविहारको पुनर्निर्माण सुरु

स्थानीय नागरिक, काठमाडौंस्थित भारतीय राजदूतावास, केन्द्रीय आयोजना कार्यान्वयन इकाई, नेपाल सरकार तथा इन्ट्याकका अधिकारीहरुले उक्त पूजामा सहभागिता जनाएका थिए । १८ करोड १० लाख रुपैयाँमा उक्त महाविहारको पुनर्निर्माण हुन लागेको हो ।

सुनौलो मन्दिरको रुपमा परिचित हिरण्यवर्ण महाविहार युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरस्थित पाटन दरबार क्षेत्रको स्मारक क्षेत्रमा अवस्थित छ । यो मन्दिर पाटनका बौद्ध मन्दिर विहारहरुमध्ये सबैभन्दा महत्वपूर्ण विहार हो ।

भूकम्पले क्षति पुर्‍याएका नेपालका २८ वटा सांस्कृतिक सम्पदाको पुनर्निर्माण र पुन:स्थापनाका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ । यो परियोजना पनि ती २८ वटा परियोजनाभित्रकै एक हो । ललितपुर जिल्लामा सातवटा सांस्कृतिक सम्पदा परियोजनाको पुनर्निर्माण हुन लागेको छ, जसमध्ये पाँचवटा परियोजनामा पुनर्निर्माण कार्य भइरहेको छ ।

प्रकाशित : श्रावण १५, २०७८ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?