कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

ललितपुरमा आजदेखि ४५ वर्ष माथिकालाई भेरोसेल खोप लगाइँदै

रासस

काठमाडौँ — स्वास्थ्य सेवा विभागले चीनबाट ल्याएको भेरोसेल खोपको पहिलो मात्रा आजदेखि तीनदिनसम्म ललितपुर महानगरपालिकाका सबै वडाबाट उपलब्ध गराइने भएको छ ।

ललितपुरमा आजदेखि ४५ वर्ष माथिकालाई भेरोसेल खोप लगाइँदै

कोभिड–१९ विरुद्धको सो खोप ४५ वर्षमाथिका नागरिकले प्रत्येक वडाका खोप केन्द्रमा गएर लगाउन सक्ने छन् ।

ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालका अनुसार आउँदो सोमबार अमेरिकाले नेपाललाई अनुदानमा दिएको जोन्सन एण्ड जोन्सनको खोप पनि लगाउने तयारी भइरहेको छ ।

यसैगरी गोदावरी नगरपालिकामा ५० वर्षमाथिका नागरिकका साथै कलेज तथा विद्यालयका प्राध्यापक, शिक्षक, कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सहचालक एवं ‘क’ र ‘ख’ वर्गमा परेका अपाङ्गता भएकालाई खोप लगाइने नागरपालिकाले जनाएको छ ।

महालक्ष्मी नगरपालिकामा भने सो उमेर समूहका कोभिडविरुद्धको पहिलो मात्राको भेरोसेल लगाउन छुटेका नागरिकलाई बिहीबारदेखि आजसम्म खोप उपलब्ध गराइएको छ । त्यसैगरी दक्षिण ललितपुरको कोञ्ज्योसोम गाउँपालिकामा भने आउँदो आइतबार र सोमबार खोप लगाइने भएको छ ।

प्रकाशित : श्रावण १५, २०७८ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?