कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

काष्ठमण्डप धुरीमा गजुर चढाउने तयारी, पुनर्निर्माण अन्तिम चरणमा [तस्बिरहरू]

काठमाडौँ — पुनर्निर्माणको अन्तिम चरणमा रहेको पुरातात्त्विक सम्पदा काष्ठमण्डपमा गजुर भित्र्याइएको छ । काष्ठमण्डपको धुरीमा राखिन उक्त गजुर धार्मिक विधिपूर्वक भित्र्याइएको हो । 

काष्ठमण्डप धुरीमा गजुर चढाउने तयारी, पुनर्निर्माण अन्तिम चरणमा [तस्बिरहरू]

अब छाना छाउने कामसँगै पुनर्निर्माण सकिने काष्ठमण्डप पुनर्निर्माण समितिले जनाएको छ ।


सालको काठबाट बनेको गजुरका १३ चक्का छन् । यसलाई तामाको पाताले मोरेर धुरीमा स्थापना गरिनेछ । काष्ठमण्डपको मूल गजुर यही हो ।


समिति अध्यक्ष राजेश शाक्यले अबको दुई महिनामा सबै काम सक्ने लक्ष्य रहेको बताए । वाग्मती प्रदेशका सांसदसमेत रहेका शाक्यले भने, ‘अब चाँडै पुनर्निर्माण कार्य सकिनेछ ।’


काठमाडौं सहरको प्रतीक मानिने काष्ठमण्डपमा भित्र्याउनुअघि गजुरलाई नजिकैको सिंख्व: मू विहारमा तीन दिनसम्म तान्त्रिक विधिसहित पूजा गरिएको थियो ।


भित्र्याइएपछि पण्डित यज्ञमानपति वज्राचार्यको नेतृत्वमा रहेको समूहले वज्रयानी बौद्ध परम्पराअनुसार चर्या नृत्य गर्दै गजुर प्रतिस्थापनको पूजा गरेका थिए ।


सातौं शताब्दीमा निर्माण भएको मानिने काष्ठमण्डप ०७२ सालको भूकम्पमा पूरै भत्किएको थियो । पहिलेको संरचना पूरै एउटा रूखले बनेको मानिन्छ ।


काठमाडौं महानगरपालिकाको आर्थिक लगानीमा यसको पुनर्निर्माण ०७५ बाट सुरु भएको थियो । शाक्यका अनुसार अहिलेसम्म महानगरले ११ करोड ५० लाख रुपैयाँ प्रदान गरिसकेको छ ।



प्रकाशित : श्रावण १५, २०७८ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?