कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

५० वर्षमाथिकालाई काठमाडौंमा चार दिनसम्म खोप

रासस

काठमाडौँ — कोरोनाविरुद्धको पहिलो खोप लगाउन छुटेका ५० वर्षमाथिका नागरिकका लागि काठमाडौं महानगरपालिकामा बिहीबारदेखि पुनः भेरोसेल खोप लगाउन सुरु गरिएकोे छ । खोप कार्यक्रम चार दिनसम्म सञ्चालन गरिने छ ।

५० वर्षमाथिकालाई काठमाडौंमा चार दिनसम्म खोप

यसका लागि ३२ वटै वडामा खोप केन्द्रको व्यवस्था गरिएको छ । महानगरका शहरी स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरका अनुसार सबै वडाबाट बिहान १० बजेदेखि नै खोप कार्यक्रम सुरु भइसकेको र साँझ ५ बजेसम्म जारी रहनेछ ।

खोप लगाउनेहरुले नागरिकताको प्रमाणपत्र, पासपोर्ट, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एक प्रमाणपत्र लिएर आउनुपर्ने र ती प्रमाणपत्र नभएका व्यक्तिले सम्बन्धित वडाको सिफारिस ल्याउनुपर्ने प्रमुख कुँवरले बताए । दुवै र पहिलो पटकमात्र गरी हालसम्म करिब ३ लाख नगरवासीले खोप लगाइसकेका छन् ।

प्रकाशित : श्रावण १४, २०७८ १४:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?