२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

गोदावरीमा स्काउट दीक्षान्त

ललितपुर — गोदावरी नगरपालिका स्काउटको दीक्षान्त गर्ने मुलुककै पहिलो नगरपालिका बनेको छ । देशैभरका ७ सय ५३ स्थानीय तहमा स्काउट विस्तार भए पनि अहिलेसम्म कुनै पनि स्थानीय तहले स्काउटको दीक्षान्त आयोजना गरेका थिएनन् ।

गोदावरीमा स्काउट दीक्षान्त

गोदावरीको नगर स्काउटले नगर प्रमुख गजेन्द्र महर्जनसहित उपप्रमुख र शिक्षा शाखा प्रमुखलाई दीक्षान्त गरेको हो । दीक्षित पदाधिकारीहरूलाई स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराए । स्काउट संयोजक भण्डारीले स्काउटसँगको आवद्धताले स्वयंसेवाको विकास मात्र नगरी यो अभियानमा जोडिनेहरूको बौद्धिक, नैतिक र सामाजिक विकास हुने जिकिर गरे ।

प्रकाशित : श्रावण ९, २०७८ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?