कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

जडीबुटी–साँगा सडकमा ६४ सीसीटीभी क्यामेरा

भक्तपुर — महानगरीय प्रहरी परिसर भक्तपुरले अरनिको राजमार्गअन्तर्गत जडीबुटीदेखि साँगासम्मको करिब १३ किलोमिटर सडकमा ६४ वटा सीसीटीभी क्यामेरा जडान गरेको छ । 

जडीबुटी–साँगा सडकमा ६४ सीसीटीभी क्यामेरा

सीसीटीभी जडान समितिका कोषाध्यक्ष नवीन प्रजापतिका अनुसार सूर्यविनायक नगरपालिकाबाट १० लाख र बैंक तथा वित्तीय संस्था, उद्योगी व्यवसायीलगायतबाट गरी ८१ लाख २० हजार रुपैयाँ संकलन भएको थियो ।

जसमध्ये सीसीटीभी क्यामेरालगायत प्राविधिक सामग्री खरिद तथा जडानका लागि करिब ६२ लाख रुपैयाँ खर्च भएको उनले बताए । बाँकी रकम जिल्लाका च्याम्हासिंह, कमलविनायक बसपार्कलगायत स्थानमा सीसीक्यामेरा जडान गरिने उनले जानकारी दिए ।

प्रकाशित : असार १९, २०७८ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?