कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

भक्तपुर — किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले काभ्रेका एक युवकलाई पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिकाकी १५ वर्षीया ती किशोरीलाई भक्तपुर ल्याएर जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले धुलिखेलका २३ वर्षीय जयरामम चौलागाईंलाई पक्राउ गरेको हो । 

किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

चौलागाईंले ती किशोरीलाई फकाएर घुम्न जाऔं भनी शनिबार भक्तपुर ल्याएको र एक गेष्ट हाउसमा खाजा खाने बाहानामा डरधम्की दिइ जबरजस्ती करणी गरेको अनुसन्धानमा खुलेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी दिपक गिरीले बताए ।

प्रहरीका अनुसार पीडित किशोरीकी आमाले काभ्रेपलाञ्चोक प्रहरीमा छोरी हराएको भन्दै उजुरी दिएकी थिइन् ।

उजुरीको आधारमा खोजतलास गर्ने क्रममा महानगरीय प्रहरी वृत्त जनसेवा काठमाडौंबाट खटिएको प्रहरी टोलीले पीडित किशोरीलाई आइतबार सुन्धारामा फेला पारेको थियो । ती किशोरीलाई सोधपुछको क्रममा चौलागाईंले ललाइफकाइ घुमाउन ल्याएर डरधम्की देखाइ जबरजस्ती करणी गरेको बताएको प्रहरीले जनाएको छ ।

चौलागाईंलाई काठमाडौंको सुन्धाराबाट नियन्त्रणमा लिइएको डीएसपी गिरीले जानकारी दिए ।

प्रकाशित : असार ७, २०७८ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?