कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मन्दिरबाट चोरी भएका ११ थान मूर्तिसहित दुई जना पक्राउ

काठमाडौँ — गोकर्णेश्वर नगरपालिका–४ गोकर्ण रमपम चोकस्थित कृष्ण मन्दिरबाट चोरी भएका ११ थान मूर्तिसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मन्दिरबाट चोरी भएका ११ थान मूर्तिसहित दुई जना पक्राउ

प्रहरीका अनुुसार पक्राउ पर्नेहरुमा ओखलढुङ्गा लिखु गाउँपालिका–९ घरभइ गोकर्णेश्वर–७ दक्षिणढोका बस्ने ४२ वर्षीय अकिंत घिमिरे र सर्लाही रामनगर गाउँपालिका–६ घरभइ गोकर्णेश्वर–८ बालुवाखानी बस्ने ४६ वर्षीय रुपनारायण शाह छन् ।

कृष्ण मन्दिरबाट जेठ २३ गते मूर्ति चोरी भएको थियो । आइतबार राति महानगरीय प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । उनीहरुको साथबाट प्रहरीले पित्तलको सानो–ठूलो मूर्ति ८ थान र प्लास्टिकको मूर्ति ३ थान गरी ११ थान मूर्ति बरामद गरेको छ ।

प्रकाशित : असार ७, २०७८ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?