१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सडक दुर्घटनाका कारण थलिएकी मोडल घिमिरेको उद्धार

काठमाडौँ — दुर्घटनामा परेर तीन वर्षदेखि थला परेकी ललितपुरको बतासे घर भएकी मोडल निशा घिमिरेको नर्भिक अस्पतालले उद्धार गरेर उपचार सुरु गरेको जनाएको छ ।

सडक दुर्घटनाका कारण थलिएकी मोडल घिमिरेको उद्धार

तीन वर्षअघि भारतको देहरादुन जाँदै गर्दा सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी घिमिरेको भारतकै अस्पतालमा उपचार गरिएको थियो । तर, भारतमा उपचार गर्न महंगो भएपछि कमजोर आर्थिक अवस्थाका उनका बुबाआमाले उनलाई नेपालमै ल्याएको दावी अस्पतालको छ ।

नर्भिक अस्पतालका अनुसार काठमाडौंमा ल्याएपछि उनको ट्रमा सेन्टरमा ३ महिनासम्म उपचार गरिएको थियो । नियमित थेरापी गर्नसमेत आर्थिक अभाव भएको र त्यहीबीचमा कोरोनाको संक्रमणसमेत बढेपछि बिनाउपचार उनी घरमै रहन बाध्य भएकी उनको नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरीले उद्धार गरेको अस्पतालको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित : जेष्ठ २७, २०७८ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?