कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

३५ केजी ट्युमर निकालियो

भक्तपुर — भक्तपुर क्यान्सर अस्पतालमा ३२ वर्षीया एक महिलाको पेटबाट ३५ केजी ट्युमर निकालिएको छ ।

काठमाडौंको स्वयम्भू निवासी ती महिलाको डा. सृष्टि श्रेष्ठ प्रजापति नेतृत्वको टोलीले आइतबार सफल शल्यक्रिया गरेको हो ।

एक वर्षअघि नै पेट फुल्ने समस्या भएर ती महिला अस्पताल पुगेकी थिइन् । त्यसबेला चिकित्सकले पेटमा सिस्ट भएको भनेका थिए । हाल पेट बढ्दै निकै ठूलो भएर असहज भएपछि उनी भक्तपुर क्यान्सर अस्पताल आइपुगेकी थिइन् । आर्थिक अभावका कारण समयमा नै उपचार पाउन नसकेकी उनलाई भक्तपुर क्यान्सर अस्पतालले सेवा दिएको हो ।

डा. प्रजापति नेतृत्वको शल्यक्रिया टोलीमा डा. उषा बाडे श्रेष्ठ, डा. अनिशा श्रेष्ठ, डा. रञ्जना मण्डल र डा. देवकी गुवाजुको संलग्नता रहेको अस्पतालले जनाएको छ । ती महिलाको स्वास्थ्य अवस्था हाल सामान्य छ ।

प्रकाशित : जेष्ठ २५, २०७८ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?