१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

ललितपुर महानगरमा कोभिड १९ को संक्रमणबाट मृत्यु भएकाको परिवारलाई एक लाख

काठमाडौँ — ललितपुर महानगरपालिकाले कोभिड १९ को संक्रमणबाट निधन भएका व्यक्तिको परिवारलाई एक लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।

ललितपुर महानगरमा कोभिड १९ को संक्रमणबाट मृत्यु भएकाको परिवारलाई एक लाख

शुक्रबार कोभिड–१९ विषयक पत्रकार सम्मेलन गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकामा स्थायी बसोबास गर्ने व्यक्तिहरु कोभिड–१९ संक्रमित भइ उपचारको क्रममा निधन भएमा व्यक्तिको परिवारलाई महानगरपालिकाले प्रतिमृतक एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको बताए । त्यस्तै आईसीयू तथा भेन्टिलेटरमा उपचार गरेर निको भएकाहरुलाई जनही ५० हजार रुपैयाँ र अस्पताल भर्ना भएर कोभिड–१९ पराज गरेकाहरुलाई जनही २५ हजार रुपैयाँ प्रदान गरीने उनले जानकारी दिए ।

महानगरपालिकाबाट सहयोग लिनका लागि सिफारिसपत्र लगायत आवश्यक कागजपत्र आवश्यक पर्ने पनि जनाइएको छ । महानगरभित्रका प्रत्येक वडामा पीसीआर र एन्टिजेन परीक्षणको व्यवस्था गरिएको पनि प्रमुख महर्जनले बताए । उनले महानगरपालिकाले अक्सिजनसहितको अत्याधुनिक आइसोलेसन सेन्टर सञ्चालन गरेको पनि बताए ।

प्रकाशित : जेष्ठ २१, २०७८ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?