कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

वीर अस्पताल अन्तर्राष्ट्रिय स्तरको बनाइने

– आगामी आवमा डीपीआर र ३ वर्षमा निर्माण सम्पन्न गरिने
– एक हजार शय्याको अस्पताल र शिक्षण संस्था, पुस्तकालय, होस्टेललगायत संरचना निर्माण हुने
लिला श्रेष्ठ

भक्तपुर — चाँगुनारायण नगरपालिकाको दुवाकोटमा निर्माण प्रस्ताव गरिएको वीर अस्पतालको नयाँ भवन राष्ट्रिय गौरवको आयोजनाका रूपमा अन्तर्राष्ट्रियस्तरको बन्ने भएको छ । आर्थिक वर्ष २०७८/७९ मा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने र ३ वर्षभित्र निर्माण सम्पन्न गरिने अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्यमार्फत जानकारी दिएका हुन् ।

वीर अस्पताल अन्तर्राष्ट्रिय स्तरको बनाइने

विस्तारित अस्पतालमा पुग्न यातायातको सहजीकरणका लागि जडीबुटी–मनोहरा खण्डमा चार लेनको करिडोर निर्माण गरिने पौडेलले बताए । प्रस्तावित स्थल कोटेश्वर, सल्लाघारी हुँदै ९ किलोकिटर टाढा पर्छ । जडीबुटी–मनोहरा करिडोर निर्माणपछि यो दूरी ५ किमिमा छोट्टिनेछ ।

वीर अस्पताल सञ्चालन भएको हालको स्थान साँघुरो र नयाँ सरचना निर्माण गर्न सकिने अवस्था नभएको भन्दै सरकारले ५ वर्षअघि चाँगुनारायण–१, २ र ४ मा पर्ने दुवाकोटमा जग्गा छनोट गरी विस्तारको प्रक्रिया थालेको हो । अस्पतालको नाममा करिब ५ सय ७० रोपनी जग्गाको लालपुर्जासमेत प्राप्त भइसकेको छ । उक्त स्थानमा अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न एक हजार शय्याको अस्पताल र शिक्षण संस्था, पुस्तकालय, होस्टेललगायत संरचना निर्माण गर्ने सरकारको लक्ष्य छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का अनुसार वीर अस्पताल विस्तारका लागि चिनियाँ विशेषज्ञ टोलीले २०७५ चैत १२, १४ र १९ मा स्थलगत अध्ययन गरी प्रतिवेदन दिएको छ । उक्त प्रतिवेदनमा भिरालो जग्गा भएको, सडक, विद्युत्, पानी र ढल व्यवस्थापन भए मात्र अस्पताल विस्तारको लागि संरचना निर्माण गर्न सकिनेलगायत सुझाव उल्लेख थियो ।

प्रकाशित : जेष्ठ १५, २०७८ २०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?