कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

रातो मत्स्येनद्रनाथको रथ सोह्रखुट्टे पाटीमा पुर्‍याइयो

प्रशान्त माली

काठमाडौँ — निषेधाज्ञाबीच वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ शनिबार पुल्चोकबाट तानेर त्यही अवस्थित स्तुपा नजिक सोह्रखुट्टे पाटीसम्म पुर्‍याइयो । त्यसपछि देशवासीले ‘याः ङ्यात’ भनी विषेश जात्रा रुपमा मनाइएका छन् । ‘याः’ लिच्छवीकालिन शब्द हो । मत्स्येन्द्रनाथको यात्राको क्रममा रथ गन्तव्यमा पुगेपछि ‘याः ङ्यात’ भनी विशेष जात्रा मनाउने गरिन्छ । 

रातो मत्स्येनद्रनाथको रथ सोह्रखुट्टे पाटीमा पुर्‍याइयो

‘लगः याः’ भनी रथ लगनखेल पुगेपछि नरिवल खसाल्ने र जावलाखेल पुगेपछि राष्ट्रप्रमुखको उपस्थितिमा भोटो जात्रा गरिन्छ । यसरी रथ छुट्टाछुट्टै स्थानमा पुगेपछि विभिन्न समुदायले आ–आफ्नै ढंगबाट जात्रा मनाउने गरिन्छ । वैष्णवीहरुले विष्णु, शैवहरुले शिव, शाक्तहरुले शक्ति, सौरहरुले सूर्य, ब्राह्मणहरुले लोकेश्वर र बौद्धहरुले करुणामयको रुपमा पुजिने गर्छ । अब देवता भने ५ गते मात्र बुङमती लगिनेछ । यसलाई मध्यनजर गरेर जिल्ला प्रशासन कार्यालय ललितपुरले मत्स्येन्द्रनाथ र मीननाथको रथ रहेको स्थानबाट शनिबारबाट लागू हुने गरी ५ दिनका लागि ५ जनाभन्दा बढी व्यक्तिहरु भेला हुन नपाउने गरी निषेधित क्षेत्र पनि तोकेको छ ।

निषेधित क्षेत्र मत्स्येन्द्रनाथ रहेको स्थानबाट पुल्चोकबाट पूर्वमा मदन स्मारक स्कुल चोक, पश्चिममा जुद्धवारण यन्त्र कार्यालय र दक्षिणमा सेन्ट जेभियर्स स्कुल अगाडिको चोक र उत्तरमा लविम मल तोकेको छ । मिननाथको रथ रहेको स्थानबाट पूर्वमा गणेशस्थान मन्दिर, पश्चिममा टवहाल चोक, दक्षिणमा इर्तिचोक र उत्तरमा टंगल र चक्रबहिल गल्ली तोकेको छ । निषेधित क्षेत्र बिहान ६ देखि राति १० बजेसम्म लागू हुनेछ ।

ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले हुलदंगा हुन सक्ने देखिएकाले शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले निषेधित क्षेत्र जारी गरेको बताए । ‘कानुन उल्लंघन गर्नेलाई कडा कारबाही गरिनेछ,’ उनले भनिन् । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३ क) मा अनुसार आदेश उल्लंघन गर्नेलाई प्रमुख जिल्ला अधिकारीले पाँच सय रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजाय गर्न तोक्न सक्ने व्यवस्था छ ।

गुठी संस्थान ललितपुर शाखा प्रमुख खिमा वलीले बुङ्मतीमा देवता पुर्‍याउनुअघि मत्स्येन्द्रनाथ र मिननाथका गर्नुपर्ने सम्पूर्ण विधिविधान पूरा गरिने बताइन् । ‘मत्स्येन्द्रनाथ बुङ्मती प्रस्थान गर्ने साइत ५ गते बिहान ६ बजेर ५० मिनेटदेखि ७ बजेर ४ मिनेटभित्र छ,’ उनले भनिन् ।

गत वर्षझै यस वर्ष पनि नरिवल खसाल्ने र भोटो जात्रा नहुने भएको छ । जात्रामा गुरुजु पल्टन, ललितपुरका १७ औं शताब्दीका राजा सिद्धिनरसिंह मल्लको ऐतिहासिक खड्गलाई भने राजकीय सम्मानका साथ समारोहस्थलमा पुर्‍याइएको थियो । रथ सीमित व्यक्ति र बाजागाजाको उपस्थितिमा तानेर टुंग्याइएको थियो ।

प्रकाशित : जेष्ठ १, २०७८ २१:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?