कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

रातो मत्स्येन्द्रनाथको रथ तानिँदै

प्रशान्त माली

ललितपुर — रातो मत्स्येन्द्रनाथको रथ आज दिउँसो तानिँदैछ । कोभिड–१९ को दोस्रो लहरका कारण जारी निषेधज्ञाले गर्दा रथलाई सांकेतिक रुपमा तानेर जात्रा गर्न लागिएको हो ।

रातो मत्स्येन्द्रनाथको रथ तानिँदै

परम्परा अनुसार रथ पुल्चोकबाट तानेर पाटन गा:बहालमा पुर्‍याइन्थ्यो । तर, महामारीका कारणले सिमित व्यक्ति र बाजागाजाहरुको उपस्थितमा हाल रथ रहेको स्थानबाट केही पर तानेर टुंगाइनेछ । देवता भने ५ गते मात्र बुङमती लगिनेछ ।

जात्रालाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय ललितपुरले मत्स्येन्द्रनाथ र मीननाथको रथ रहेको स्थानबाट शनिबारबाट लागू हुने गरी ५ गते बुधबारसम्मका लागि ५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउने गरी निषेधित क्षेत्र तोकेको छ । निषेधित क्षेत्र मत्स्येन्द्रनाथ रहेको स्थानबाट पुल्चोकबाट पूर्वमा मदन स्मारक स्कुल, पश्चिममा जुद्धवारण यन्त्र कार्यालय र दक्षिणमा सेन्ट जेभियर्स स्कुल अगाडिको र उत्तरमा लबिम मलसम्म तोकिएको छ ।

मिननाथको रथ रहेको स्थानबाट पूर्वमा गणेशस्थान मन्दिर, पश्चिममा टेबहाल चोक, दक्षिणमा इर्तिचोक र उत्तरमा टंगाल र चक्रबहिल गल्ली तोकेको छ । ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले हुलदंगा हुन सक्ने भएकाले शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले निषेधित क्षेत्र जारी गरेको बताए ।

गुठी संस्थान ललितपुर शाखा प्रमुख खिमा वलीले बुङमतीमा देवता पुर्‍याउनुअघि मत्स्येन्द्रनाथ र मिननाथका गर्नुपर्ने सम्पूर्ण विधि विधान पूरा गरिने बताइन् । ‘मत्स्येन्द्रनाथ बुङमती प्रस्थान गर्ने साइत बिहान ६ बजेर ५० मिनेटदेखि ७ बजेर ४ मिनेटभित्रको परेको छ,’ उनले भनिन् ।

वैष्णवीहरूले विष्णु, शैवहरूले शिव, शाक्तहरूले शक्ति, सौरहरूले सूर्य, ब्राह्मणहरूले लोकेश्वर र बौद्धहरूले करुणामयको जात्रा गत वर्षपनि यसरी नै सांकेतिक रुपमा तानेर समापन गरिएको थियो । गत वर्षझै यस वर्षपनि नरिवल खसाल्ने र भोटो जात्रा नहुने भएको छ ।

प्रकाशित : जेष्ठ १, २०७८ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?