१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

अस्पतालहरूलाई अक्सिजन सिलिन्डर वितरण

भक्तपुर — प्रहरीले उद्योग, कलकारखाना, कबाडी संकलन केन्द्रबाट संकलित अक्सिजन सिलिन्डर विभिन्न अस्पतालमा वितरण गरेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुर तथा मातहतका वृत्तहरूले २० वटा भरिएकोसहित ९५ थान अक्सिजन सिलिन्डर संकलन गरी कोरोना संक्रमितको उपचार भइरहेका अस्पतालमा वितरण गरेका हुन् ।

भक्तपुर प्रहरी प्रमुख एसपी तारादेवी थापाका अनुसार लोकन्थलीस्थित भक्तपुर इन्टरनेसनल हस्पिटललाई १२ थान भरी सिलिन्डर, भक्तपुर अस्पताललाई ५ भरीसहित ५५ थान, ललितपुरस्थित अल्का अस्पताललाई ३ थान भरी र भक्तपुरकै नेपाल–कोरिया मैत्री अस्पतालाई २५ थान खाली सिलिन्डर वितरण गरिएको छ ।

अस्पतालमा संक्रमितको चाप बढ्दै गएको र भर्ना भएका अधिकांशलाई अक्सिजन आवश्यक रहेको भन्दै चिकित्सकहरूले सिलिन्डर उपलब्ध गराइदिन अपिल गरिरहेका छन् । यस्तोमा प्रहरीले स्वास्थ्य क्षेत्रबाहेक जिल्लाका उद्योग, कलकारखाना तथा कबाडी संकलन केन्द्रमा मौज्दात थप सिलिन्डरको खोजी गरिरहेको एसपी थापाले जनाइन्  ।

प्रकाशित : वैशाख २७, २०७८ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?