३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

सीमित उपस्थितिमा रातो मत्स्येन्द्रनाथको जात्रा

ललितपुर — रातो मत्स्येन्द्रनाथको जात्रा न्यून जनसहभागितामा स्वास्थ्य मापदण्ड अपनाएर गर्ने बारेमा आइतबार सरोकारवालाबीच सहमति भएको छ ।

सीमित उपस्थितिमा रातो मत्स्येन्द्रनाथको जात्रा

ज्यापू समाजले डाकेको बैठकमा ललितपुर प्रशासन, महानगर, गुठी संस्थान, २१ वटा जातीय खलः पुच र जनप्रतिनिधिबीच जात्राको सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण गर्ने निर्णयसमेत भएको छ । जसको व्यवस्थापनको जिम्मा ललितपुर महानगरले पाएको छ ।

सडक मर्मतको जिम्मा सडक विभागलाई दिइएको ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनले बताए । ‘रातो मत्स्येन्द्रनाथ र मीननाथको जात्रामा सीमित व्यक्ति मात्र सहभागी गराइने र उनीहरूको ज्वरो मापन गरी मास्क, ग्लोब्स र सेनिटाइजर अनिवार्य गर्ने निर्णय भएको छ,’ उनले भने, ‘स्वयंसेवक र प्रहरी परिचालन गरी जात्राको क्रममा विभिन्न ३८ वटा नाका बन्दसमेत गरिनेछ ।’


प्रकाशित : वैशाख २७, २०७८ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?