कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

अक्सिजन सिलिन्डर संकलन गरी अस्पताललाई वितरण गर्दै भक्तपुर प्रहरी

भक्तपुर — महानगरीय प्रहरी परिसर भक्तपुर तथा मातहतका वृत्तहरूबाट संकलन गरिएका खाली तथा भरिएको ९५ थान अक्सिजन ग्यास सिलिन्डर कोरोना भाइरस संक्रमित बिरामीको उपचारार्थ अस्पतालहरूमा वितरण गरिएको छ ।

अक्सिजन सिलिन्डर संकलन गरी अस्पताललाई वितरण गर्दै भक्तपुर प्रहरी


प्रहरीले उद्योग, कलकारखाना, कवाडी संकलन केन्द्रबाट संकलित २० थान भरिएको सहित ९५ ग्यास अस्पतालमा वितरण गरेको भक्तपुर प्रहरी प्रमुख एसपी तारादेवी थापाले बताइन् ।

अस्पतालमा भर्ना भई उपचाररत बिरामीले प्रयोग गरिरहेको अक्सिजन सकिएको र अस्पतालमा मौज्दात नभएको जानकारीका आधारमा प्रहरीले भक्तपुर इन्टरनेसनल हस्पिटल प्रालि लोकन्थलीमा १२ थान भरी सिलिन्डर, भक्तपुर अस्पतालमा ५० थान खाली र ५ थान भरी गरी ५५ वटा सिलिन्डर, अल्का अस्पताल ललितपुरमा ३ थान भरी सिलिन्डर र नेपाल कोरिया मैत्री अस्पताल भक्तपुरमा २५ थान खाली सिलिन्डर वितरण गरिएको प्रहरीले जनाएको छ ।

अस्पतालमा संक्रमित बिरामीको चाप बढ्दै गएको र भर्ना भएका अधिकांशलाई अक्सिजन आवश्यक रहेको भन्दै अस्पतालका चिकित्सकहरुले ग्यास सिलिन्डर सहयोग गर्न अपिल गरिरहेको छ ।

प्रहरीले जिल्लामा सञ्चालित स्वास्थ्य क्षेत्र बाहेक प्रयोग भइरहेका उद्योग, कल कारखाना तथा कवाडी संकलन केन्द्र समेतमा रहेका सिलिन्डर संकलन गरी अस्पताललाई वितरण गरेको र अन्य सिलिन्डर खोजी गरिरहेको एसपी थापाले बताइन् ।


प्रकाशित : वैशाख २६, २०७८ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?