खानेपानी विभागको महानिर्देशकमा खत्री नियुक्त

काठमाडौँ — खानेपानी तथा सरसफाई मन्त्रालयले खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशकमा त्रिरेशप्रसाद खत्रीलाई नियुक्त गरेको छ ।

खानेपानी विभागको महानिर्देशकमा खत्री नियुक्त

मेलम्ची खानेपानी आयोजना प्रमुखको जिम्मेवारी समाल्हादै आएका खत्रीलाई बिहीबार मन्त्रिस्तरीय निर्णयले महानिर्देशकमा नियुक्त गरेको मन्त्रालयका प्रवक्ता रमेश न्यौपानेले जानकारी दिए ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल)को बोर्डको अध्यक्षसमेत रहेका थिए । नेपाल सरकारको सह–सचिव समेत रहेका खत्री यसअघि मेलम्ची खानेपानी आयोजनाका आयोजना प्रमुख र खानेपानी आयोजना कार्यान्वयन निर्देशनका प्रमुख समेत भइसकेका हुन् ।

हाल मेलम्ची खानेपानी आयोजनाका प्रमुखको जिम्मेवारी रामकुमार श्रेष्ठलाई दिइएको छ ।

प्रकाशित : वैशाख २४, २०७८ २०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?