कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

मनाइयो बज्रयोगिनी जात्रा

काठमाडौँ — कोरोना संक्रमणको दोस्रो लहरबीच साँखुमा बज्रयोगिनी जात्रा सम्पन्न भएको छ । चैतेदसैंमा पुजारीहरूले मन्दिरको स्वयम्भू चैत्य र मूल बज्रयोगिनी देवीलाई दाम र सुपारी चढाएपछि जात्रा सुरु भएको थियो ।

मनाइयो बज्रयोगिनी जात्रा

अन्तिम दिन बुधबार साँखु घुमारी चोकका तामाङ समुदायका महिला र पुरुषहरू मिलेर बज्रयोगिनी, स्वयम्भू चैत्य, सिंहमुखी र बाघमुखी देवतालाई बोकेर मणिचुड पर्वतस्थित बज्रयोगिनी मन्दिर (गु विहार) मा पुर्‍याइएको छ ।

स्थानीय प्रवीण सिंहले जात्रा स्वास्थ्य मापदण्ड अपनाएर मनाइएको बताए ।

जात्रा अवधिभर साँख नगरभित्रका बासिन्दाले छालाको जुत्ता लगाउन, छाता ओढ्न, घर भत्काउन, नयाँ बनाउन, साहुले ऋण असुल्न, हात्ती–घोडा चढ्न इत्यादि गर्न नहुने मान्यता छ । गतवर्ष भने कोरोनाका कारण जात्रा भएको थिएन ।

प्रकाशित : वैशाख २३, २०७८ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?