वाग्मती किनारमा अस्थायी घाट विस्तार- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वाग्मती किनारमा अस्थायी घाट विस्तार

कान्तिपुर संवाददाता

काठमाडौँ — पशुपति विकास कोषले विद्युतीय शवगृहको नजिकै वाग्मती किनारमा अस्थायी रुपमा घाट विस्तार गरिरहेको छ । 

तस्बिर : अंगद ढकाल/कान्तिपुर     

कोरोना भाइरस संक्रमणबाट मृत्‍यु हुनेको संख्या दैनिक वृद्धि हुन थालेपछि शव व्यवस्थापनमा समस्या नहोस् भनेर घाट विस्तार गरिएको हो । कोषले शव जलाउन वाग्मती नदी किनार सम्याउने र खुड्किलाहरु मिलाउने काम गरिरहेको छ ।

अहिले विद्युतीय शव दाहगृह पूर्ण सञ्‍चालानमा आए पनि शव व्यवस्थापनमा समस्या हुन थालेको कोषले जनाएको छ ।

नेपालमा बुधबार २४ घण्टामा कोरोनाबाट ५८ जनाको ज्यान गएको छ । मंगलबार भने ५५ जनाको मृत्यु भएको थियो । नेपालमा कोरोनाको दोस्रो लहर चलेसँगै मृत्युदर र संक्रमित संख्या दिनप्रतिदिन बढिरहेको छ ।



प्रकाशित : वैशाख २२, २०७८ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्

गोरखामा बुधबार मध्यरातदेखि निषेधाज्ञा

हरिराम उप्रेती

गोरखा — कोरोना जोखिम बढेसँगै गोरखा जिल्ला र निषेधाज्ञा जारी भएको छ । जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला सुरक्षा समितिले बुधबार राति १२ बजेबाट लागू हुने गरी वैशाख महिनाभर निषेधाज्ञा जारी गरिएको हो । बुधबारमात्र गोरखामा ४९ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या १९६ पुगेको छ  ।

कोभिड–१९ संक्रमणको तीव्र फैलावट रोकथाम तथा नियन्त्रण गर्न निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाका अधिकृत हर्क रोकाले बताए । यस अघि मंगलबार राति १२ बजेबाट लागू हुने गरी पालुङटार र गोरखा नगरपालिका तथा आरुघाट गाउँपालिकामा मात्र निषेधाज्ञा जारी भएको हो ।

निषेधाज्ञामा अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन र हिँड्डुल नगर्न प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ । निषेधाज्ञाको अवधिमा औषधि एवं स्वास्थ्य सामाग्रीका पसलहरु २४ सै घण्टा खुल्ला रहनेछन् । दैनिक उपभोग्य सामाग्रीका पसल स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी बिहान ५ बजेदेखि बिहान ९ बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म मात्र खुल्ला रहनेछन् ।

आदेशविपरीतका गतिविधिहरु भएमा संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ वमोजिम कारबाही हुने प्रशासनले चेतावनी दिएको छ ।

प्रकाशित : वैशाख २२, २०७८ १७:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×